दफा १३
निर्माण व्यवसाय विकास परिषद्
(१) निर्माण व्यवसायलाई सुदृढ र सुव्यवस्थित रुपमा संचालन गर्न आवश्यक नीति तयार गरी सम्बन्धित निकायहरुलाई निर्देशन दिन देहाय बमोजिमको निर्माण व्यवसाय विकास परिषद् गठन हुनेछः–
(क) भौतिक पूर्वाधार तथा यातायात मन्त्री -अध्यक्ष
(ख) सदस्य, राष्ट्रिय योजना आयोग (निर्माण तथा यातायात हेर्ने) – सदस्य
(ग) सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय – सदस्य
(घ) सचिव, ऊर्जा¸ जलस्रोत तथा सिंचाइ मन्त्रालय – सदस्य
(ङ) सचिव, सहरी विकास मन्त्रालय – सदस्य
(च) नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि – सदस्य
(छ) अध्यक्ष, सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फर्म (स्क्याफ) – सदस्य
(ज) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको प्राविधिक सहसचिव – सदस्य–सचिव
(२) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राज्यमन्त्री मात्र नियुक्त भएको अवस्थामा राज्यमन्त्री नै परिषद्को अध्यक्ष हुनेछ ।
(३) परिषद्को बैठक सम्बन्धी कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।